संसद् अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ — सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

संसद् अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

‘बैठकले सोमबार दिउँसो एक बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ,’ सहरी विकासमन्त्री प्रभु साहले भने ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक प्रावधान छ । यसअघि राष्ट्रपति भण्डारीले गत फागुन २३ गते संसद् अधिवेशन आह्वान गरेकी थिइन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते संसद् विघटन गरेकोमा सर्वोच्च अदालतले फागुन ११ गते त्यसलाई पुन:स्थापना गरिदिएको थियो ।

प्रकाशित : वैशाख ६, २०७८ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?