१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बोक्सी भन्दै यातना दिएको आरोपमा युवक पक्राउ

सिरहा — काकीलाई बोक्सी आरोपमा कुटपिट गरी जबर्जस्ती मलमूत्र खुवाएको आरोपमा प्रहरीले आइतबार सिरहा औरही गाउँपालिका–५ का २९ वर्षीय घुरन साहलाई पक्राउ गरेको छ ।

बोक्सी भन्दै यातना दिएको आरोपमा युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार औरही–५ की ५० वर्षीया हिरादेवी साहले आफूलाई शनिबार बिहान बोक्सीको आरोपमा जेठाजुका छोरा घुरन, बुहारीलगायतले कुटपिट गरी मलमूत्र खुवाएको जाहेरी दिएपछि घुरनलाई पक्राउ गरिएको हो ।

गाईलाई टुनामुना गरेर मारेको भन्दै आफूमाथि भतिज घुरनले हात समातेर कुटपिट गर्दै भुइँमा लडाएपछि बुहारीहरूले जबर्जस्ती मानव मलमूत्र खुवाएका थिए । सिरहाका प्रहरी प्रमुख एसपी सुदीप राजभण्डारीले पीडित हिरादेवी साहको जाहेरीका आधारमा पक्राउ परेका घुरनलाई बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको बताए । ‘घटनामा अन्यको पनि संलग्नता देखिएको छ,’ उनले भने, ‘अन्यको खोजी भइरहेको छ ।’

पीडित हिरादेवीले गाईलाई टुना गरेर मारेको आरोपमा जेठाजुका छोरा र बुहारीले कुटपिट गर्दै मानव मलमूत्र खुवाएको बताइन्। हिरादेवीका पति रामचलितर साह रोजगारका क्रममा भारतको चण्डीगढमा छन् । उनी छोराछोरीसहित घरमा बस्दै आएकी छन् । दुई छोरी र एक छोरामध्ये जेठी छोरी मात्र घरमा भएको मौका पारी आफूलाई अमानवीय व्यवहार गरिएको भन्दै उनले दोषीलाई कारबाही माग गर्दै आइतबार प्रहरीमा जाहेरी दिएकी थिइन् ।

प्रकाशित : वैशाख ५, २०७८ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?