गृहमन्त्री थापाद्वारा शपथ ग्रहण

काठमाडौँ — नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले शपथ लिएका छन् । आइतबार गृहमन्त्रीमा पुनर्नियुक्ति पाएका थापाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् । 

गृहमन्त्री थापाद्वारा शपथ ग्रहण

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापालाई आइतबार नै राष्ट्रपति भण्डारीले गृहमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

संघीय संसद्ले थापाको सांसद पद रिक्त गर्न माग राखी माओवादी केन्द्रले बुझाएको पत्र आइतबार स्वीकृत गरेपछि प्रधानमन्त्री ओलीले उनलाई पुनः नियुक्त का लागि सिफारिस गरेका थिए । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओली र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा भने कार्यक्रममा सहभागी थिएनन् ।

माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेपछि थापाको सांसद पद खारेज भएको थियो । सांसद पद नरहेपछि स्वत: मन्त्री पद पनि जाने संवैधानिक व्यवस्था बमोजित थापालाई पुन: नियुक्ति गरिएको हो ।



प्रकाशित : वैशाख ५, २०७८ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?