कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार

अब नयाँ सरकार बने वा नबने पनि यो सरकारलाई समर्थन नरहेको जानकारी गराउँछौँ : श्रेष्ठ

काठमाडौँ — नेकपा माओवादी केन्द्रले सोमबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ । दिउँसो १ बजे बस्ने गरी पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार

उनका अनुसार बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी गराउनेछ । ‘भोलि बैठक बोलाइएको छ। अब नयाँ सरकार बन्ने भए पनि नभए पनि यो सरकारलाई समर्थन नरहेको जानकारी गराउँछौँ,’ श्रेष्ठले भने ।

माओवादीले समर्थन फिर्ता नलिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कटाक्ष गर्दै आएका छन् । श्रेष्ठका अनुसार बैठकले केन्द्रीय कमिटीको बैठकको मिति पनि तय गर्नेछ । पछिल्लो राजनीतिक परिस्थितिबारे पनि बैठकमा छलफल हुने उनले बताए ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । माओवादी, कांग्रेस र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादवको समूह ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउने कसरतमा छन् ।


प्रकाशित : वैशाख ५, २०७८ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?