हावाहुरीले त्रिशूलीमा निर्माणाधीन दुई पुलमा क्षति

हरिहरसिंह राठौर

धादिङ — शनिबार साँझको हुरीबतासले त्रिशूली नदीमा निर्माणाधीन दुईवटा पुलमा क्षति पुर्‍याएको छ । पृथ्वी राजमार्गअन्तर्गत गल्छीको मासटारबाट धैरेनी जोड्ने पुलको फलामे संरचना नदीमा खसेको छ ।

हावाहुरीले त्रिशूलीमा निर्माणाधीन दुई पुलमा क्षति

आधा ढलान र आधा फलामे संरचनाको उक्त पुलको मासटारतर्फको ५० मिटर फलामे संरचना नदीमा खसेको हो । जगमा राखिएको माटो भास्सिएर उक्त खसेको हुन सक्ने गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले बताए ।

त्यस्तै चितवनको फिस्लिङबाट गोरखा जोड्ने निर्माणाधीन पक्की पुलको फलामे संरचना ४ मिटर धसिएको छ । हावाहुरीकै कारण उक्त संरचना पुलसँग जोडिएको स्थानवाट ४ मिटर माथितिर सरेको स्थानीय दानबहादुर गुरुङले बताए । हुरीबतासले राजमार्गका विभिन्न स्थानमा पोल ढलेपछि विद्युत् आपूर्ति बन्द भएको छ । मोबाइल तथा इन्टरनेट सेवा पनि अवरुद्ध छ ।


प्रकाशित : वैशाख ५, २०७८ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?