प्रधान सम्पादक शर्मासहित चार जना पुरस्कृत

इटहरी — कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा शनिबार पुरस्कृत भएका छन् । शर्मासहित चार जनालाई तारानिधि–धनमाया अधिकारी स्मृति प्रतिष्ठान इटहरीले पुरस्कृत गरेको हो ।

प्रधान सम्पादक शर्मासहित चार जना पुरस्कृत

प्रतिष्ठानका अध्यक्ष रामचन्द्र अधिकारीको ८४ औं जन्मोत्सव अवसरमा आयोजित कार्यक्रममा शर्मालाई ३५ हजार १ सय १ रुपैयाँ राशिको नारायणप्रसाद रिजाल स्मृति पुरस्कार प्रदान गरिएको थियो । शर्माले कर्मथलो काठमाडौं भए पनि पूर्वसँगको भावनात्मक साइनो कहिल्यै नटुट्ने बताए ।

यस्तै, नागरिक दैनिकका इटहरी संवाददाता अमर खड्कालाई २५ हजार १ सय १ रुपैयाँको दीननाथ–नारायणीदेवी पौडेल स्मृति पुरस्कार प्रदान गरियो । भाषाशास्त्री टंक न्यौपानेलाई ५१ हजार रुपैयाँको तारानिधि–धनमाया स्मृति प्रदान गरिएको छ ।

आधा दशकदेखि परिवारबाट तिरस्कृत व्यक्तिहरूलाई आश्रय दिँदै आएको माया घर नेपाल इटहरीलाई समेत २५ हजार १ सय १ रुपैयाँसहित सम्मान गरियो । प्रदेश १ प्रमुख सोमनाथ प्यासी अधिकारीले पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित : वैशाख ४, २०७८ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?