करेन्टले १ को मृत्यु, १५ घाइते

धनकुटा — महालक्ष्मी नगरपालिका–४ चानुवास्थित सिंगो बस्तीमा शनिबार विद्युत् हाइभोल्टेज प्रवाह हुँदा ५३ वर्षीय चन्द्रबहादुर कार्कीको मृत्यु भएको छ । १५ जना घाइते छन् ।

करेन्टले १ को मृत्यु, १५ घाइते

मोबाइल चार्ज गर्ने क्रममा हाइभोल्टेज प्रवाह भएर कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । करेन्ट लागेर नेवार गाउका ५५ वर्षीया बमकुमारी श्रेष्ठ, ६१ वर्षीय पदमबहादुर श्रेष्ठ, ९ वर्षीया सावित्रा निरौला, जिमी गाउँका ६ वर्षीय लाजिहाङ जिमी, लीलादेवी भण्डारी, सुष्मा शिवा, उदय शिवा, मोतीमाया जिमी, सम्झना लिम्बू, उमेश शिवा, सुजा जिमी, सुरेन जिमी, नेत्र श्रेष्ठ, तारा कटुवाल घाइते भएका हुन् ।

टीभीको प्लग जोड्ने क्रममा जिमीलाई करेन्ट लागेको हो भने अरूलाई मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको जनाइएको छ । कसरी हाइभोल्टेज प्रवाह भयो भन्ने विषयमा अनुसन्धान भइरहेको विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख दीपक सापकोटाले बताए । घटनाबारे छानबिन गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख ४, २०७८ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?