उपत्यकामा हावाहुरी, सतर्क हुन मौसमविद्को आग्रह

इकान्तिपुर डेस्क

काठमाडौँ — काठमाडौंमा उपत्यकामा तीव्र गतिको हावाहुरीसहित वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी र स्थानीय वायुको प्रभावले काठमाडौंमा हावाहुरी चलेको जानकारी दिएको छ । 

उपत्यकामा हावाहुरी, सतर्क हुन मौसमविद्को आग्रह

महाशाखाकी मौसमविद् विभूति पोखरेलले कम्तीमा एक घन्टा तीव्र गतिको हावा उपत्यकामा चल्ने इकान्तिपुरलाई बताइन् । उनले भनिन्, 'पश्चिमी र स्थानीय वायुको प्रभावले उपत्यकामा हावाहुरी चलिरहेको छ । यो कम्तीमा १ घन्टा बस्ने सम्भावना छ । विस्तारै पूर्वतिर सर्दैछ । '

उनले आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेकी छन् । उपत्यकासहितका पहाडी भू-भागहरुमा वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । शनिबार केही स्थानहरुमा असिना पानी पनि पर्ने उनले बताइन् ।

आइतबार पनि हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । 'प्रि-मनसुनको समय भएकाले हावा त चलिरहन्छ,' मौसमविद् पोखरेलले भनिन्, 'शनिबारको तुलानामा आइतबार हावाको गति केही कम हुन्छ । सोमबारदेखि अर्को प्रणाली आउन सक्ने पनि सम्भावना छ ।'

प्रकाशित : वैशाख ४, २०७८ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?