२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

ह्‍वीप उल्लंघन गर्ने कर्णालीका तीन सांसद एमालेबाट निष्कासित

चाँदनी कठायत

वीरेन्द्रनगर — संसदीय दलको ह्वीप उल्लंघन गर्दै कर्णालीमा रहेको माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन जना सांसदलाई एमालेले पार्टीबाट निष्कासित गरेको छ । एमाले कर्णाली प्रदेश कमिटिको शनिबारको बैठकले शुक्रबारदेखि नै लागू हुने गरी पार्टी कमिटीका सबै जिम्मेवारीबाट निष्कासन गरिएको अध्यक्ष गोरख बोगटीले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । 

ह्‍वीप उल्लंघन गर्ने कर्णालीका तीन सांसद एमालेबाट निष्कासित

‘फ्लोर क्रस’ गर्ने चार जनामध्ये नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीले कारबाही गरेको विज्ञप्तिमा उल्लेख छ । उनका अनुसार एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्यसमेत रहेका अर्का सांसद प्रकाश ज्वालालाई पनि पार्टीबाट निष्कासन गर्न केन्द्रलाई सिफारिस गरिएको छ । एमाले कर्णाली कमिटीका अध्यक्ष बोगटीले प्रेस वक्तव्य जारी गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरी जघन्य अपराधपूर्ण काम गरेको ठहर छ ।

प्रदेशसभा संसदीय दलले शुक्रबार गरेको निर्णयलाई समेत आधार बनाई उनीहरुमाथि कारबाही गरिएको वक्तव्यमा उल्लेख छ । ‘निजहरुलाई प्रदेशसभा सदस्य र पार्टीको कर्णाली प्रदेश कमिटी सदस्यबाट समेत निष्कासन गर्न भनी आएको सिफारिसलाई आधार बनाई शुक्रबारदेखि लागू हुने गरी पार्टी सदस्यसहित पार्टी कमिटिका सबै जिम्मेवारीबाट निष्कासन गरिएको र नेकपा एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य प्रकाश ज्वालालाई पार्टी सदस्यसमेत नरहने गरी निस्कासन गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको छ,’ वक्तव्यमा भनिएको छ ।

प्रकाशित : वैशाख ४, २०७८ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?