२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बाँके सवारी दुर्घटना : मृतक ५ मध्ये ४ जनाको सनाखत, ३७ घाइते [अपडेट]

नेपालगन्ज — बाँकेको कोहलपुर नगरपालिका-१३ बाँके राष्ट्रिय निकुञ्‍ज क्षेत्रमा बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । बसमा सवार ४२ यात्रुमध्ये ३७ जना घाइते भएका छन् । 

बाँके सवारी दुर्घटना : मृतक ५ मध्ये ४ जनाको सनाखत, ३७ घाइते [अपडेट]

दुर्घटनामा एक महिलासहित चार पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृतक मध्ये महिलाबाहेक चार जनाको सनाखत भएको छ ।

कोहलपुर इलाका प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा बांके कोहलपुर नगरपालिका १२ बस्ने २१ वर्षीय उदय बाठा, कोहलपुर १३ का २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत सापाखानी ७ का ४१ वर्षीय जीवनकुमार विक र झापा मेची नगरपालिका १० का ४५ छत्रबहादुर कटवालकोसहित एक महिला छन् । अन्यको अझै पहिचान खुल्न सकेको छैन । घटनाको प्रकृति र प्रारम्भिक अनुुसन्धानमा दुबै साधन तीब्र गतिमा रहेका कारण दुर्घटनामा भएको रहेको डिएसपी खनालले बताए ।

........

बाँकेको कोहलपुर नगरपालिका-१३ बाँके राष्ट्रिय निकुञ्‍ज क्षेत्रमा बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । बसमा सवार सबै यात्रु घाइते भएका छन् ।

३९ जना यात्रुसहित सुर्खेतबाट काठमाडौंका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस पूर्वबाट पश्चिम आउँदै गरेको टिपरसँग शुक्रबार बेलुका ७ बजेतिर ठक्कर खाँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ ।

घाइते सबैको उद्धार गरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्‍याइएको बाँकेका डिएसपी सुवास खड्काले बताए ।‘अस्पतालमा बिमारीको चापले घाइतेहरुको उपचारको व्यवस्थापन गरिरहेका छौं’डिएसपी खड्काले भने, ‘मृतक तथा घाइतेको पहिचान अझै खुल्न सकेको छैन ।’

मृतकहरु सबै बसका यात्रु हुन् ।

प्रकाशित : वैशाख ३, २०७८ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?