२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने एमालेका ४ सांसदलाई पार्टीबाट निष्कासन

कलेन्द्र सेजुवाल

सुर्खेत — दलको निर्देशनविपरीत ‘फ्लोर क्रस’ गर्ने कर्णाली प्रदेशसभाका ४ जना सांसदलाई एमाले संसदीय दलले पार्टीबाट निष्कासन गर्नको लागि केन्द्रीय कमिटी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठक उक्त निर्णय गरेको हो ।

कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने एमालेका ४ सांसदलाई पार्टीबाट निष्कासन

संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पार्टीबाट निस्कासन गर्नको लागि सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिए । त्यस्तै ‘फ्लोर क्रस’ गरेर पछि आफ्नो मत सच्याएकी देवी ओलीलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय भएको उनले बताए ।

शुक्रबार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पेश गरेको विश्वासको प्रस्तावमा चार सांसदले पक्षमा मतदान गरेका थिए । यसबाट कर्णाली सरकार जोगिएको छ ।

प्रकाशित : वैशाख ३, २०७८ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?