प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

फाइल तस्बिर ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिबार ११ बालुवाटारमा बैठक बोलाएको जानकारी दिए ।

उनका अनुसार समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् ।

यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीसँग टेलिफोन वार्ता भएको बताएका छन् । ललितपुरको एक कार्यक्रममा बोल्दै दाहालले ओलीले आफूलाई फोन गरेको बताएका थिए । सर्वदलीय बैठकका सन्दर्भमा कुरा गर्न उनीसँग फोन वार्ता भएको थापाले बताए ।

प्रकाशित : वैशाख ३, २०७८ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्

भेरी अस्पतालमा १८३ जनाको परीक्षण गर्दा १२७ कोरोना संक्रमित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालगन्जस्थित भेरी अस्पताल गत २४ घण्टामा १८३ वटा नमुनाको कोरोना परीक्षण गर्दा १२७ जना संक्रमित रहेको पाइएको जानकारी गराएको छ । अस्पतालले आफ्नो फेसबुक पेजमा सूचना प्रकाशित गर्दै पोजिटिभिटी रेट ६९.४ प्रतिशत रहेको बताएको छ ।

कोरोनाको महामारी सुरु भएयता अस्पतालमा एकदिनमै यति धेरै संक्रमित भेटिएको पहिलोपटक भएको समेत बताएको छ । 'यसले कोभिड-१९ संक्रमण समुदायस्तरमा व्यापक रुपमा फैलिसकेको इंगित गर्छ,' अस्पतालले भनेको छ, 'भेरी अस्पताल आफ्नो श्रोत साधनले भ्याएसम्म बिरामीको उपचारमा प्रतिबद्ध भएर लागेको छ । तर यही क्रममा संक्रमण फैलिने हो र गहन खालका बिरामीहरूको संख्या बढ्ने हो भने बिरामीको चाप थेग्न मुश्किल हुने निश्चित छ ।'

अस्पतालले गम्भीर प्रकारका बिरामीहरुको संख्या यही अनुपातमा बढ्न नदिनका लागि सुरक्षाका मापदण्डहरुको पालना गर्नका लागि आग्रह गरेको छ । विगत केही दिन यता भारतसँग सीमा जोडिएका जिल्लाका साथै देशकै राजधानीलगायत विभिन्न १४ जिल्लामा संक्रमण बढ्दै गएको स्वास्थ्य मन्त्रालयले बताइसकेको छ ।

प्रकाशित : वैशाख ३, २०७८ १४:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×