कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजदूत विश्वकर्माले दक्षिण अफ्रिकी राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौँ — दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले त्यहाँका राष्ट्रपति इरिल रामाफोसासमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन् । विश्वकर्माले बुधबार राष्ट्रपति कार्यालय पुगेर ओहदाको प्रमाणपत्र पेस गरेका हुन् । 

राजदूत विश्वकर्माले दक्षिण अफ्रिकी राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

त्यस क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिकी राष्ट्रपति र त्यहाँका जनताका लागि पठाएको शुभकामना सन्देशसमेत सुनाएका थिए । त्यसअघि राजदूत विश्वकर्मालाई गार्ड अफ अनर प्रदान गरिएको थियो । उनले दक्षिण अफ्रिका गई कार्यभार सम्हालेको एक सातामै ओहदाको प्रमाणपत्र पेस गरेका हुन् ।

विश्वकर्मालाई राष्ट्रपति भण्डारीले गत फागुन ११ गते राजदूत नियुक्त गरेकी थिइन् । उनलाई असोज १५ गते बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिकाका लागि राजदूत सिफारिस गरेको थियो ।


प्रकाशित : वैशाख २, २०७८ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?