३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

रसुवामा टिपर दुर्घटनामा दुईको मृत्यु

बलराम घिमिरे

रसुवा — जिल्लामा बिहीबार राति टिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कालिका गाउँपालिका–१ ग्राङका वर्ष २७ का राजेन्द्र तामाङ र उनका भाइ वर्ष २५ का सागर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए । 

कालिका गाउँपालिका–१ ग्राङबाट कालिकास्थानतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–००६ ख १६८८ नम्बरको टिपर पासाङल्हामु सडकको स्याउबारीमा दुर्घटनाग्रस्त भएको हो । मृतक राजेन्द्र तामाङ ग्राङ आधारभूत प्राथमिक विद्यालयका प्रधानाध्यापकसमेत हुन् ।

त्यस्तै दुर्घटनामा कालिका गाउँपालिका–१ का वडाध्यक्ष मालफुर्वा तामाङ घाइते भएका छन् । उनलाई उपचारका लागि नुवाकोट पठाइएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए । ‘दुर्घटना भएको जानकारी राति पौने एक बजेतिर प्रहरीलाई आएको हो,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

प्रकाशित : वैशाख २, २०७८ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?