कोसी अस्पतालमा थप एक संक्रमितको मृत्यु

देवनारायण साह

मोरङ — विराटनगरस्थित कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत कोरोना संक्रमित एक महिलाको बिहीबार मृत्यु भएको छ ।

उपचार केन्द्रका निमित्त संयोजक एपोलोकुमार भगतले विराटनगर–४ बरगाछीकी ४६ वर्षीया महिलाको बिहीबार बिहान ४:३० बजे मृत्यु भएको बताए । उपचारका लागि नोबेल अस्पताल पुगेकी ती महिलाको पीसीआर परीक्षण गराउँदा संक्रमण पुष्टि भएपछि कोसी अस्पतालमा भर्ना गरिएको थियो ।

ती महिलाका पति पनि संक्रमित भएको र उनको कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहेको भगतले जानकारी दिए ।

प्रकाशित : वैशाख २, २०७८ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?