१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

२४ घण्टामा गरिएको ४ हजार २८९ पीसीआर परीक्षणमा ५८० जनामा कोरोना पुष्टि

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

२४ घण्टामा गरिएको ४ हजार २८९ पीसीआर परीक्षणमा ५८० जनामा कोरोना पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको कोभिड प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ४ हजार २८९ पीसीआर परीक्षणमा ५ सय ८० जनामा संक्रमण देखिएको जनाए । उनका अनुसार सोही अवधिमा एन्टिजेन विधिबाट गरिएको ४ सय ५१ परीक्षणमा २३ जना संक्रमित देखिएका छन् । पीसीआर र एन्टिजेनबाट गरिएको परीक्षणबाट २४ घण्टामा ६ सय ३ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५६ पुगेको छ ।

संक्रमितमध्ये २ सय ५४ जना काठमाडौं उपत्यकाका छन् । प्रवक्ता गौतमका अनुसार काठमाडौंका १ सय ७३, ललितपुरका ६१ र भक्तपुरका २० जनामा संक्रमण दिएको हो ।

२४ घण्टामा १ सय २९ जना डिस्चार्ज भएका छन् । हाल क्वारेन्टाइनमा रहनेको संख्या भने ७९ रहेको छ ।

प्रकाशित : वैशाख १, २०७८ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?