१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्युठानमा जिल्ला प्रशासनका कर्मचारी बोकेको गाडी खस्दा दुईको मृत्यु

घनश्याम गौतम

रूपन्देही — नयाँ वर्षका अवसरमा स्वर्गद्वारी जाँदै गरेका जिल्ला प्रशासन कार्यालय, गुल्मीका कर्मचारी सवार गाडी सडकबाट खस्दा दुई जनाको मृत्यु भएको छ । 

प्युठानमा जिल्ला प्रशासनका कर्मचारी बोकेको गाडी खस्दा दुईको मृत्यु

प्युठानको स्वर्गद्वारी नगरपालिका–४ रुमालेमा बुधबार दिउँसो लु१ज १६५५ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा जिल्ला प्रशासनमा करारमा कार्यरत सूर्य पन्थीसहित दुई जना रहेको प्युठान नगरपालिकाका प्रमुख नेत्रबहादुर रोका क्षेत्रीले जानकारी दिए । उनका अनुसार घाइतेहरूलाई उद्धार गरेर भिङ्ग्री स्वास्थ्य चौकीमा ल्याउने काम भइरहेको छ । घटनास्थलमा सेना र प्रहरी पुगेर उद्धार सुरु गरेका छन् ।

उक्त गाडीमा जिल्ला प्रशासनकै १४ जना कर्मचारी सवार रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

गाडीले ५ जनालाई च्यापेको घटनास्थलबाट घाइते सुनीता कँडेलले जानकारी दिइन् । घटनाको थप विवरण आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले दुर्घटनामा दुई पुरुषको मृत्यु भएको जानकारी आएको र आफू घटनास्थलतर्फ जान लागेको बताए ।

प्रकाशित : वैशाख १, २०७८ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?