२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

भारतीय दूतावासमा ‘एनओसी’ लिने बढे

काठमाडौँ — काठमाडौंको कपुरधारास्थित भारतीय दूतावासमा ‘नो अब्जेक्सन सर्टिफिकेट–एनओसी’ लिने भारतीय नागरिकहरु बढेका छन् ।

भारतीय दूतावासमा ‘एनओसी’ लिने बढे

साउदी अरब, सिंगापुर, मलेसिया लगायतका देशमा कामका लागि जानेहरु एनओसी लिन लामबद्ध भएका हुन् । कोरोना संक्रमण व्यापक भएसँगै भारतबाट वैदेशिक रोजगारीमा जान गन्तव्य देशमा रोक लगाइएसँगै नेपालबाट विदेश जाने भारतीयहरु बढेका हुन् । कोरोना संक्रमित र मृतकको संख्या उच्च भएसँगै भारतलाई रेड जोनमा सूचीकृत गरिएको छ ।

पछिल्लो तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६१ हजार ७ सय ३६ नयाँ कोरोना संक्रमित फेला परेका छन् भने ८ सय ७९ जनाको मृत्यु भएको छ । त्यस्तै, संक्रिय संक्रमितको संख्या १२ लाख ६४ हजार ६ सय ९८ छ । हालसम्म १ करोड २२ लाख ५३ हजार ६ सय ९७ जना कोरोनामुक्त भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

प्रकाशित : चैत्र ३१, २०७७ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?