१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दाहालमा राजनीतिक विचलन आएपछि सडकमा गए : मन्त्री रायमाझी

‘सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने, सडकमा रोइकराइ गरेको कुनै अर्थ छैन’ 
वीरेन्द्र केसी

अर्घाखाँची — ऊर्जामन्त्री टोपबहादुर रायमाझीले माओवादी अध्यक्ष पुष्पकमल दाहालमा राजनीतिक विचलनमा आएर सडकमा गएको आरोप लगाएका छन् ।

दाहालमा राजनीतिक विचलन आएपछि सडकमा गए : मन्त्री रायमाझी

विचलन आएपछि दुई तिहाइको सरकार छाडेर, आफैंले प्रधानमन्त्री प्रस्ताव गरेका केपी ओलीको विरोध गर्न दाहाल सडकमा पुगेको उनले बताएका हुन् ।

प्रेस चौतारी नेपालले सन्धिखर्कमा मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रायमाझीले ओली सरकारको विरोध गर्नुको कुनै तुक नभएको दाबी गरे । उनले आफ्नो सांसद पद दाहालले खोसिदिएर जनताको जनादेशमाथि ठूलो अपमान गरेको जिकिर गरे । ‘ओली सरकार ५ वर्षसम्मै रहन्छ, यही सरकारले चुनाव गराउँछ,’ रायमाझीले भने, ‘दाहालले लोकतन्त्रको दुहाई दिएर देशलाई विकास र समृद्धितर्फ होइन अस्थिरतातर्फ धकेले । सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने, सड्कमा रोइकराई गरेको कुनै अर्थ छैन ।’

माओवादी केन्द्र लगायत अन्य दलले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म ओली सरकार रहिरहने मन्त्री रायमाझीले बताए । उनले कसैले पनि सरकार ढाल्ने सपना नदेख्न चुनौती दिए । एमसीसीको विषयमा छलफल गरेर पास गर्ने उनले बताए ।

प्रकाशित : चैत्र ३१, २०७७ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?