२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

हामीलाई गरेको कारबाही किर्नाले भैंसी खाए जस्तै : ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–खनाल समूहलाई पार्टीमाथि धावा बोल्ने काम भए कारवाही गर्ने चेतावनी दिएका छन् ।

हामीलाई गरेको कारबाही किर्नाले भैंसी खाए जस्तै : ओली

नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडाैंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू विरुद्धका सबै विरोध र टिकाटिप्पणीलाई सहँदै आएको तर पार्टीमाथि धावा बोल्ने काम भए कारबाही गर्ने चेतावनी दिएका हुन् ।

उनले पार्टीलाई ध्वस्त पार्ने प्रयास भयोे भने 'ठिक लगाउने' चेतावनी दिए । उनले भने, 'पार्टीलाई ध्वस्त पार्न खोज्नुभयो भने । बघिनी तबसम्म चुप हुन्छ जबसम्म डमरुमाथि खतरा हुँदैन । पार्टीमाथि धावा बोल्नुभयो भने ठिक लगाइने छ । बोलिरहनुभएको छ । तर म सिमा हेरिहेको छु । तपाईंहरुलाई मात्रै निष्कासन गर्न होइन हामीलाई पनि निष्कासन गर्न आउँछ भन्ने सम्झना राख्नुहोस् ।'

उनले खनाल–नेपाल समूहले आफूलाई गरेको कारबाही 'किर्नाले भैंसी खाए' जस्तो भनी व्यंग्य गरे । प्रधानमन्त्री ओलीले बहुमतको सरकारको नेतृत्व गरेकाले आफूले राजीनामा नदिने उल्लेख गर्दै समर्थन फिर्ता लिने चुनौती दिए । उनले आफूलाई कसैको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान भने । उनले भने, 'प्यादाले मन्त्री खान्छ चेसमा । भुसुनाले लामखुट्टेले हात्ती खान्छ । उपियाँले मान्छे खान्छ । कति खान्छ ? तिनीहरुले कम्युनिष्ट आन्दोलन खान्छु भनेको त्यही हो । उपियाँले मान्छे खाए जस्तो । किर्नाले भैंसी खाँदैन । किर्नाले भैंसी खान्छ नि । किर्नाले भैंसी खाएको देख्नुभएको छ कि छैन । यिनीहरुले हामीलाई गरेको कारबाही त्यस्तै हो । किर्नाले भैंसी खाए जस्तै । किर्नाले भैंसी खाने ? मनको यिनको रहर हो । तर हामी किर्ना किर्नाकै ठाउँमा हुन्छ । भैंसी भैंसीकै ठाउँमा हुन्छ । सन्तोष गर्न पाइन्छ किर्नाले भैंसी खाएकै हो । भैंसी खायो खायो खायो पुटुक्क भयो किर्नु फुत्रुक्क झर्‍यो । मजाले भैंसी खाया, पुटुक्क भयो , फुत्रुक्क झ्यो । कति रोएका ? राजीनामा देऊ राजीनामा देऊ । हटाउन न । हटाउ ! समर्थन किन गरिरहन्छौं ? फिर्ता लैजाउ । केही पनि गर्न नसक्ने राजीनामा देउ राजीनामा देउ । मसँग बहुमत छ । बहुमतको सरकार छ । म किन राजीनामा दिन्छु ? बहुमतबाट हटाउन मन छ भने फिर्ता लिऊ । लैजाउँ । चाहिएको छैन तिम्रो समर्थन । लैजाउ ।'

प्रधानमन्त्री ओलीले आफै सांसद बन्न नसक्ने हैसियतमा पुगेका नेता नेपालले टिकट दिन्छु भन्ने गरेको भन्दै व्यंग्य गरे । उनले भने, 'कांग्रेसकोमा जान्छन्, रुन कराउन । अनि जसपाका जान्छन् । अनि हल्ला फैलाउँछन् । केपी ओलीले टिकट दिएन भने चिन्ता नगर्नुहोस् । म दिन्छु टिकट । टिकट त बसपार्कमा बाडेको बाडेइ छ त । माधव नेपालले टिकट बाड्न सक्नुहुन्छ ? अब सांसद एक जना पनि बनाउन सक्नुहुन्न । आफै बन्नुहुन्न अर्कालाई के बनाउनुहुन्छ ? '

प्रधानमन्त्री ओलीले अपराधपूर्ण क्रियाकलापको क्षमायाचना गरे माधवकुमार नेपाललाई पार्टीमा काम गर्न दिइने भन्दै फर्किन आह्वान गरे । उनले पार्टीमा रहेर काम गर्न दिइने तर गुटबन्दी गर्ने छुट नदिने चेतावनी दिए ।

उनले भने, 'म उहाँहरुलाई अहिले पनि भन्न चाहन्छु । पार्टीबाट उहाँहरुले यति उपद्रोव गर्दा पनि निष्कासन गरिएको छैन । आत्माआलोचना गरेर फर्केर आउनुहोस् । आफ्नै पार्टी हो । आउनुहोस् तपाईंहरुलाई आफ्नै पार्टीको रुपमा व्यवहार गरिन्छ । आउनुहोस् । गल्ती महसुस गरेर आउनुहोस् । गल्ती महसुस गरेर आएर काम गर्न बिनाभेदभाव दिइन्छ । तर गुटबन्दी चल्दैन । गुटबन्दी हुँदैन । समूहगत रुपमा पार्टीले कुनै गुटलाई मान्यता दिएर कुरा गर्दैन । पार्टी फुटाएर, फुटेको एउटो चोइटोलाई पार्टीको मान्यता कहिलेही पनि दिँदैन पार्टीले । व्यक्तिगत तवरमा माधव नेपालजी आएर पार्टीमा काम गर्छु भन्नुहुन्छ भने अहिलेसम्म गरेका अपराधपूर्ण क्रियाकलापको क्षमायाचना गर्नुहोस् ।'

प्रकाशित : चैत्र ३०, २०७७ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?