कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

ओलीको दक्षिणपन्थी प्रवृत्ति पार्टी विघटन गर्नेतर्फ उद्दत : खनाल–नेपाल समूह

कुन कुन जिल्लामा कमिटी विस्तार तथा पुनर्गठन भए ? (सूचीसहित)

काठमाडौँ — नेकपा एमाले नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको दक्षिणपन्थी एवं विसर्जनवादी प्रवृत्ति पार्टी विघटन गर्नेतर्फ उद्दत रहेको निष्कर्ष निकालेको छ ।

ओलीको दक्षिणपन्थी प्रवृत्ति पार्टी विघटन गर्नेतर्फ उद्दत : खनाल–नेपाल समूह

राष्ट्रिय भेलाका निर्णय समेटेर नेता नेपालले जारी गरेको सर्कुरलमा ओलीको उक्त कदमले पार्टीमा गम्भीर संकट उत्पन्न भएको बताइएको छ । फागुन २३ गते सर्वोच्च अदालतले पूर्ववत अवस्थामा फर्काइ दिएपछि ओलीले नवौं महाधिवेशनको सम्पूर्ण म्याण्डेटलाई ध्वस्त पारेको सर्कुलरमा छ ।

‘पूर्ववत अवस्थामा फर्काइएपछि हामीले नेकपा (एमाले) २०७५ जेठ २ गते जुन अवस्थामा थियो त्यही अवस्थाबाट अगाडि बढ्नुपर्ने अडान राख्यौं । तर कमरेड केपी ओलीको दक्षिणपन्थी एवम् विसर्जनवादी प्रवृत्ति नेकपा (एमाले) लाई विघटन गर्नेतर्फ उद्दत रह्यो । त्यसैको एउटा कडी हो फागुन २८ गतेको घोर षड्यन्त्रकारी कदम । त्यसदिन कमरेड केपी ओलीले नवौं महाधिवेशनको सम्पूर्ण म्याण्डेटलाई ध्वस्त पार्नुभयो । उहाँले पार्टी विधान, पार्टीमा स्थापित विधि र पद्धति विपरित केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरूलाई खबर नै नगरी केन्द्रीय कमिटीको तथाकथित विशेष बैठकको नाममा गुटको भेला गरेर मनपरी ढंगले अवैधानिक निर्णय गरी पार्टीलाई विभाजित हुने स्थितिमा पुर्‌याउनुभयो,’ सर्कुलरमा भनिएको छ, ‘कमरेड केपी ओलीले यस किसिमको बल मिच्याँइ र मनमौजी ढंगले गरेका सम्पूर्ण निर्णयहरू अवैधानिक भएको र त्यसलाई सच्याउँदै २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई पुर्‌याउन उहाँसँग दबाबमूलक ढंगले कुरा गर्न हामी केन्द्रीय कार्यालय धुम्बाराही पुग्यौं तर कमरेड ओलीमा यति धेरै दम्भ र घमण्ड देखियो कि उहाँ कुनै कुरा पनि सच्याउन तयार हुनुभएन र आफ्नो विखण्डकारी अडानमै रहनुभयो । पार्टीमा गम्भीर संकट उत्पन्न भयो ।’

चैत ४ र ५ गतेको राष्ट्रिय भेलाको निर्णयअनुसार कार्यकर्तालाई परिचालित हुन नेता नेपालले सर्कुलर मार्फत निर्देशन दिएका छन् ।

यस्तो छ सर्कुलरः

प्रकाशित : चैत्र ३०, २०७७ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?