२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

चितवन ट्य्राक्टर दुर्घटना : मृतक र घाइतेको विवरण खुल्यो

रमेशकुमार पौडेल

चितवन — राप्ती नगरपालिका, भन्डाराको पहाडी क्षेत्रमा आइतबार साँझ भएको ट्य्राक्टर दुर्घटनाका मृतक र घाइतेहरूको विवरण खुलेको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार निधन हुनेमा एक जनाबाहेक अरूको विवरण खुलेको हो । 

चितवन ट्य्राक्टर दुर्घटना : मृतक र घाइतेको विवरण खुल्यो

मृत्यु हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खड्क लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, राप्ती–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ र खैरहनी–९ बैरहनीकी ५० वर्षीया छनिया महतो छन् । पहिचान खुल्न नसकेका अर्का एक मृतक अन्दाजी २४/२५ वर्षका पुरुष रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्य्राक्टर चालक खैरहनी–७ मझुहीका २६ वर्षीय राजन चौधरी पनि घाइते भएका छन् । उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

अन्य घाइतेको सोही अस्पताल र नयाँ मेडिकल कलेज (सीएमसी) को भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये पुरानो मेडिकल कलेजमा उपचाररत रौतहटको मधुनारायण नगरपालिका–१ का २२ वर्षीय पप्पु महरा, रौतहट दिबिहीका १९ वर्षीय अरुण राम र २७ वर्षीय विजय राम, बारा कचौराह–८ का २७ वर्षीय रामआधार राम, राप्ती नगरपालिका–४ का ४५ वर्षीय सुर्यबहादुर श्रेष्ठ र ३० वर्षीय निरबहादुर श्रेष्ठको अवस्था गम्भीर रहेको डीएसपी थापाले जानकारी दिए । घाइतेमध्ये त्यहीँ उपचाररत अन्दाजी २५/३० वर्षका एक पुरुषको नाम ठेगाना–खुलेको छैन ।

अर्की घाइते छनिया महतोको भरतपुरस्थित सरकारी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

त्यसै गरी सीएमसीको भरतपुरस्थित शिक्षण अस्पतालमा उपचाररतमध्ये मकवानपुरको राक्सिराङ गाउँपालिका–७ का २४ वर्षीय रमन चेपाङ र बाराको काल्बी नगरपालिका–५ का ३२ वर्षीय प्रभुकुमार रामको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आइतबार साँझ साढे ७ बजेतिर राप्ती नगरपालिका–११ को वडा कार्यालय भवन ढलान गरेर भन्डारा फर्कंदै गरेका मजदुरहरू चढेको ना१त ६२८२ नम्बरको ट्य्राक्टर दुर्घटनाग्रस्त भएको हो ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पर्ने राप्ती नगरपालिकाको केन्द्र भन्डारा बजारबाट झन्डै ७ किलोमिटर उत्तर पहाडी क्षेत्र राप्ती–११ को चिउडे खोलामा ट्याक्टर सडकबाट खसेको डीएसपी थापाले जानकारी दिए ।

प्रकाशित : चैत्र ३०, २०७७ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?