कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चितवनमा ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, २० घाइते

रमेशकुमार पौडेल

चितवन — निर्माणाधीन वडा कार्यालय भवन ढलानको काम गरेर फर्कंदै गरेका २५ मजदुर सवार ट्रयाक्टर आइतबार साँझ पूर्वी चितवनको भण्डाराको पहाडी क्षेत्रमा दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अन्य २० जना घाइते भएका छन् ।

चितवनमा ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, २० घाइते

घाइतेहरूको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्यबहादुर थापाले बताए । राप्ती नगरपालिका–११ को वडा कार्यालय भवन ढलान गरेर भण्डारा फर्कंदै गरेका मजदुर सवार ना१त ६२८२ नम्बरको ट्रयाक्टर चिउडेखोलामा दुर्घटना भएको हो । ट्रयाक्टर सडकबाट झन्डै दुई सय मिटर तल खसेको हो । पाँच जनाको मृत्यु भएको र अरूको अवस्था पनि गम्भीर रहेको रिपोर्ट छ,’ डीएसपी थापाले भने, ‘उद्धार र उपचारको क्रम जारी छ । मृतक र घाइतेहरूको पहिचान खुलिसकेको छैन । घाइतेहरूलाई भरतपुरको सरकारी र दुवै मेडिकल कलेजका अस्पतालहरूमा भर्ना गरिएको छ ।’

राप्ती नगरपालिकाका मेयर प्रभा बरालले घटना पुष्टि गर्दै घाइतेको अवस्था बुझ्न अस्पताल जान लागेको बताइन् । स्थानीय गुमन तामाङले घटनास्थलमा पाँच जनाको शव देखेको बताए । ‘म घटनास्थलमै पुगेको थिएँ । भीरनजिक अलि अप्ठ्यारो मोड छ, त्यहींबाट ट्रयाक्टर खसेछ । हामीले पाँचवटा एम्बुलेन्समा राखेर घाइतेहरूलाई अस्पताल पठाएका छौं,’ उनले भने, ‘पाँच जना त उहीं बितेका थिए । अरूको अवस्था पनि चिन्ताजनक नै छ ।’

प्रकाशित : चैत्र २९, २०७७ २३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?