कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

चितवन आसपासका वन क्षेत्रमा गैंडाको संख्या बढ्यो

रमेशकुमार पौडेल

चितवन — चितवन राष्ट्रिय  निकुञ्ज र यस आसपासको वन क्षेत्रमा गैंडाको संख्या बढेको छ ।

चितवन आसपासका वन क्षेत्रमा गैंडाको संख्या बढ्यो

चैत्र ९ गते सुरू भएको गैंडा गणनाको शनिबार घोषणा भएको नतिजा अनुसार चितवन निकुञ्ज र यस आसपासमा वन क्षेत्रमा कूल ६९४ गैंडा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

यसअघि सन् २०१५ मा भएको गणनामा यो क्षेत्रमा ६०५ गैंडा फेला परेका थिए । ६ वर्षअघिको तुलनामा यो वर्ष ८९ वटा गैंडा थपिएका हुन् ।

सन् २०१५ को गणनापछि चितवन र यस आसपासको क्षेत्रमा १६१ वटा गैंडा मरेका थिए । चितवन निकुञ्ज नेपालमा गैंडाको मुख्य बासस्थल हो ।

शनिबार सार्वजनिक गरिएको नतिजा अनुसार नेपालमा गैंडाको संख्या ७ सय ५२ पुगेको छ ।


प्रकाशित : चैत्र २८, २०७७ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?