कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मन्त्री आङ्बोहाङको प्रदेशसभा सदस्य पद खारेज

देवनारायण साह

मोरङ — प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बोहाङको प्रदेशसभा सदस्य पद गएको छ । नेकपा (माओवादी केन्द्र)बाट ताप्लेजुङ को १ (ख) निर्वाचन क्षेत्रबाट निर्वाचित भएका आङ्बोहाङ एमालेमा प्रवेश गरेकाले प्रदेशसभा सदस्य पद गुमाएको हो ।

मन्त्री आङ्बोहाङको प्रदेशसभा सदस्य पद खारेज

प्रदेशसभाको बिहीबारको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले मन्त्री आङ्बोहाङले दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐनअनुसार प्रदेशसभा सदस्यबाट हटाउन माओवादी केन्द्रले प्रदेशसभा सचिवालयमा दर्ता गराएको पत्र पढेर सदनमा सुनाएका छन् । उनले प्रदेशसभामा एक प्रदेशसभा सदस्य पद रिक्त भएको सदनलाई जानकारी गराए ।

आङ्बोहाङलाई मन्त्रीमा बसिरहन पुन: शपथ ग्रहण गर्नुपर्ने कानुनी व्यवस्था छ । प्रदेशसभा सदस्य नभएका व्यक्ति ६ महिनामात्रै मन्त्री हुन पाउने संवैधानिक व्यवस्था रहेको छ । ६ महिनाभन्दा बढी प्रदेशसभाको कार्यकाल रहेको अवस्थामा रिक्त पदका लागि उपनिर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसका लागि प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्य पद रिक्त भएको जानकारी निर्वाचन आयोगलाई दिनेछ ।

तत्कालीन माओवादी केन्द्रको संसदीय दलका नेता आङ्बोहाङले सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेमा प्रवेश गरेर केन्द्रीय सदस्यका साथै मन्त्रीको जिम्मेबारी सम्हालेका छन् ।

प्रकाशित : चैत्र २६, २०७७ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?