२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

गृहमन्त्रालयद्वारा सहसचिव, प्रजिअ र उपसचिवहरुको पदस्थापन र सरुवा [सूचीसहित] 

काठमाडौँ — सरकारले सहसचिव, प्रमुख जिल्ला अधिकारी र उपसचिवहरुको पदस्थापन र सरुवा गरेको छ ।  

गृहमन्त्रालयद्वारा सहसचिव, प्रजिअ र उपसचिवहरुको पदस्थापन र सरुवा [सूचीसहित] 

गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरेको छ । त्यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई इलाका प्रशासन कार्यालय टीकापुर कैलालीमा पठाइएको छ । त्यस्तै गृहमन्त्रालयका सहसचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

कास्कीका प्रजिअ गुरुदत्त ढकाललाई सोही जिल्लाको इलाका प्रशासन कार्यालय लेखनाथमा पठाइएको छ भने त्यस कार्यालयका कृष्णचन्द्र पौडेललाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । बुधबार मन्त्रीस्तरीय निर्णयले २६ जनाको जिम्मेवारी हेरफेर गरेको हो ।

हेर्नुहोस् सूची



प्रकाशित : चैत्र २६, २०७७ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?