शुक्रबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शुक्रबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

कान्तिपुर संवाददाता

काठमाडौँ — शुक्रबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार चैत २७ गतेलाई बोलाइएको बैठक चैत ३० गतेका लागि सारिएको हो ।

केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक । फाइल तस्बिर : रोशन सापकोटा/रासस

समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिबारेमा छलफलका लागि बोलाइएको उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुलाई बोलाइएको छ ।

यसअघि चैत २० गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गर्ने निर्णय लिएको थियो ।

आफैंले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक भनिसकेपछि ओलीले नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने कांग्रेस बैठकले निचोड निकालेको थियो ।

प्रकाशित : चैत्र २६, २०७७ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्

अफगानी रणमैदानका कथा

कान्तिपुर संवाददाता

काठमाडौँ — केदार सङ्केतको उपन्यास ‘अफगानी रणमैदान’ सार्वजनिक भएको छ ।  सङ्केतले ‘अफगानी रणमैदान’ मा आफ्नो जीवन संघर्ष र भोगाइमा आधारित कथा समावेश गरेका छन् ।

अफगानिस्तानको काबुलस्थित ५ सयभन्दा बढी सदस्यको बसोबास रहेको अमेरिकी क्याम्पमा सन् २०१३ जुन १ का दिन बिहानै सखारैमा तालिवानी समूहबाट भएको आक्रमणपछिको अवस्थाका बारेमा सङ्केतले आफूले देखेका–भोगेका प्रत्यक्ष–परोक्ष रणमैदानको दृष्यलाई बाहिर ल्याएका छन् ।

‘यो हाम्रो टिमले त्यसदिन गरेको लडाइँको कथा हो र, देखाएको बहादुरीको इतिहास पनि हो,’ उनी भन्छन्, ‘त्यति मात्रै होइन, यो त आफ्नो नैतिकता, इमान्दारिता, दक्षता, साहस र निपुणतामा घुलित ९ घण्टासम्मको लडाइँको त्रासद तर साहसपूर्ण परिवेशलाई आधार बनाएर तयार पारिएको सत्य कथा पनि हो ।’

अफगानी रणमैदानको कथा उतार्ने क्रममा यसको वास्तविक दृष्यचित्र देखाउन केही तस्बिरसमेत कथामा प्रयोग भएको छ ।

बेलायती सेनामा लामो समय आबद्ध रहेर हाल बेलायतमा अवकाशको जीवन बिताइरहेका केदार सुनुवार साहित्यिक रुपमा केदार संकेतको नामले चिनिन्छन् । उनका ‘आफैं जलेको देश’(कविता संग्रह), ‘एथेन्सको झरी’(नियात्रा), ‘पैंयुका फूलहरु’(हाइकू संग्रह), ‘अफिम फूल्ने देशमा’ लगायतका कृति प्रकाशित छन् ।

प्रकाशित : चैत्र २६, २०७७ ११:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×