कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा नेपालमा थपिए २९८ कोरोना संक्रमित, २ जनाको मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २९८ कोरोना संक्रमित थपिएका छन् । बधुबार थपिएका संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ७६८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार १ सय पीसीआर परीक्षण भएका छन् ।

२४ घण्टामा नेपालमा थपिए २९८ कोरोना संक्रमित, २ जनाको मृत्यु

२४ घण्टामा ७४ जना कोरोनामुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ५ सय २९ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३८ छ ।

त्यस्तै २ हजार २०१ जना आइसोलेसनमा र ६५ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २२ लाख ९८ हजार १६७ पीसीआर परीक्षण भएका छन् ।


प्रकाशित : चैत्र २५, २०७७ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?