वाग्मती प्रदेशसभा बैठकमा माओवादीको अवरोध

सुवास विडारी

मकवानपुर — नेकपा (माओवादी केन्द्र)ले वाग्मती प्रदेशसभा बैठकमा अवरोध सिर्जना गरेको छ । सरकारले आफूहरुले सदनमा उठाएको प्रश्नको चित्तबुझ्दो जवाफ नदिएको भन्दै  प्रमुख प्रतिपक्षी दल माओवादीले बुधबारको संसद् बैठक अवरुद्ध पारेको हो ।

वाग्मती प्रदेशसभा बैठकमा माओवादीको अवरोध

मंगलबार माओवादीले प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न गर्दै विद्युतीय बस खरिद, बजेटको बाँडफाँड तथा नीति तथा कार्यक्रमको विषयमा प्रश्न उठाउँदै प्रदेशसभामा अवरोध गरेको थियो ।

बुधबारको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वासको प्रस्ताव, बजेटको वितरण र नीति तथा कार्यक्रमका विषयमा सदनमा उठाएको प्रश्नको जवाफ दिएका थिए । पौडेलले जवाफ दिएसँगै माओवादी संसदीय दलका नेता सालिकराम जम्कट्टेलले आफूहरुलाई सरकारले दिएको जवाफ चित्तबुझ्दो नभएको र सरकार जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाएका थिए ।

माओवादी सांसदहरुले बैठकमा उठेर विरोध जनाएपश्चात् सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक स्थगित गरेका हुन् । प्रदेशसभाको अर्को बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित : चैत्र २५, २०७७ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?