कांग्रेस संकटमा छैन : सभापति देउवा

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संकटमा नभएको बताएका छन् । नेता नवीन्द्रराज जोशीको १३औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले कांग्रेसले आफूलाई कमजोर ठान्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।

कांग्रेस संकटमा छैन : सभापति देउवा

देउवाले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको पनि बताए । नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दे सभापति देउवाले पार्टी कहिल्यै पनि संकटमा नरहेको ठोकुवा गरेका हुन् ।

‘यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन । आज पनि छैन । भोलि पनि रहँदैन । नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउँदै गएका छौँ । धेरै पटक हामी हारेका छौँ । धेरै पटक जितेका पनि छौ । त्यसैकारण हामीले डिमोरलाइज हुने काम छैन । आफैले आफैलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी संकटमा छैन,’ देउवाले भने ।

त्यस्तै देउवाले नेता जोशीको निधनले पार्टीले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताए । देउवाले स्वर्गीय जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताए । जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको र उनको निधनले पार्टीले पार्टी हाँक्ने नेता गुमाउनुपरेको देउवाको भनाइ थियो ।

त्यस्तै कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले जोशीको असामयिक निधले पार्टीमा अपुरणीय क्षति पुगेको बताए । उनले जोशीले थालेका कामलाई सबै मिलेर सम्पन्न गर्नुपर्नेमा पनि जोड दिए ।

प्रकाशित : चैत्र २५, २०७७ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?