त्रिचन्द्र अगाडि नेविसंघ र प्रहरीबीच झडप

तस्बिर : इलिट जोशी

काठमाडौँ — पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधका क्रममा नेविसंघका विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

त्रिचन्द्र अगाडि नेविसंघ र प्रहरीबीच झडप

प्रदर्शनकारी र प्रहरीबीच त्रिचन्द्र क्याम्पसअघि केहीबेर सामान्य झडप भएको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।

निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाएको थियो । नयाँ खुद्रा बिक्री मूल्य क्रमश: पेट्रोल १ सय २० र डिजेल/मटितेल १०३/१०३ रुपैयाँ कायम गरेको थियो ।

प्रकाशित : चैत्र २३, २०७७ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?