कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

प्रतिनिधिसभा सदस्यमा जानकीदेवी रामको शपथ

काठमाडौँ — एमाले नेता जानकीदेवी रामले संघीय सांसदका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण लिएकी छन् ।

प्रतिनिधिसभा सदस्यमा जानकीदेवी रामको शपथ

आइतबार सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा समावेशी समूह दलितबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा सिरहाकी जानकीदेवी रामलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सानु शिवाको निधनका कारण रिक्त रहेको समावेशी समूह दलितबाट समानुपातिकतर्फको सांसदमा जानकीदेवी रामलाई मनोनयन गर्न निर्वाचन आयोगमा सिफारिस गरेका थिए ।

एमालेले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा शिवापछि समावेशी समूह दलिततर्फको कोटामा रामको नाम समावेश थियो ।

प्रकाशित : चैत्र २२, २०७७ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?