१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बाँकेको नरैनापुरमा फेरि आगलागी, ५० वटाभन्दा बढी घर जले

रूपा गहतराज

नेपालगन्ज — बाँकेको नरैनापुर गाउँपालिकामा फेरि आगलागी भएको छ । नरैनापुर गाउँपालिका–४, खोदवा गाउँमा आगलागी हुँदा ५० वटा भन्दा बढी घर जलेका छन् ।

बाँकेको नरैनापुरमा फेरि आगलागी, ५० वटाभन्दा बढी घर जले

नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्दजंग शाहीका अनुसार गाउँका आधाभन्दा बढी घरमा क्षति पुगेको छ। ‘कति घर जलेका छन् कसरी आगलागी भयो भन्ने बुझ्ने कोसिस गर्दैछौं,’ उनले भने,‘आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन’

आगलागी हुनेबित्तिकै नरैनापुरको एउटा र नेपालगन्जका दुई वटा दमकल पुगेका थिए ।

आगोमा जलेर केही मानिससमेत घाइते भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

नरैनापुर नेपालगन्जदेखि ४० किमि पूर्वमा पर्छ । यसअघि पनि नरैनापुरका विभिन्न गाउँमा पटक–पटक आगलागी भइसकेको छ ।

नरैनापुर गाउँपालिका –६, दोन्द्रागाउँमा गत मंगलबार आगलागी हुँदा घर जलेर नष्ट भएका थिए । यसअघि फागुन २४ गते पनि नरैनापुर गाउँपालिका १ को सुइया गाउँमा भएको आगलागीमा २२ घर गोठ जलेर नष्ट भएका थिए ।

बाँकेको राप्तीपारीमा हरेक वर्षजसो आगलागीका घटना हुने गरेका छन् ।


प्रकाशित : चैत्र २१, २०७७ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?