३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दाङमा बस दुर्घटना दुई जनाको मृत्यु

दुर्गालाल केसी

दाङ — घोराही लमही सडकखण्डको मसोटमा शुक्रबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा लमही नगरपालिका ९ पैते निवासी २९ वर्षीय अतिराम चौधरी र सैनामैना नगरपालिका रुपेन्देही निवासी २८ वर्षीय यादव खनालको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

दाङमा बस दुर्घटना दुई जनाको मृत्यु

दुर्घटनामा २८ जना यात्रु घाइते भएका छन् । बस प्रहरीको नियन्त्रणमा रहेको छ । घाइतेमध्ये केहीलाई बुटवल रिफर गरिएको छ भने अन्यको लमही अस्पतालमा उपचार भइरहेको छ ।

घोराहीबाट लमहीका लागि छुटेको लु १ ख ९८६३ नम्बरको बस शुक्रबार बेलुका ५ बजे दुर्घटना भएको थियो ।बसले सोही दिशाबाटै आइरहेको कारलाई ठक्कर दिएर अनियन्त्रित भइ पल्टिएको थियो ।

प्रकाशित : चैत्र २०, २०७७ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?