२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरोना खोप निर्यातमा रोक लगाएको छैन : भारत

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतले कोरोना खोपको निर्यातमा रोक नलगाए पनि आन्तरिक मागलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

कोरोना खोप निर्यातमा रोक लगाएको छैन : भारत

भारतको विदेश मन्त्रालयद्वारा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्छीले नेपालले पाउनु पर्ने खोपको आपूर्तिमा भइरहेको ढिलाईका सम्बन्धमा कान्तिपुरले सोधको प्रश्नमा त्यस्तो धारणा राखेका हुन् । ‘भारतले निर्यातमा कुनै रोक लगाएको छैन । तर, हामीले आन्तरिक मागलाई ध्यानमा राख्दै निर्यात गर्ने हो’ बाग्छीले भने । उनले खोप प्राथमिक रुपमा आन्तरिक खपतका लागि भएको समेत उल्लेख गरेका छन् ।

भारतको सेरम इन्स्टिट्युटले अग्रिम भुक्तानी पाइसके पनि १० लाख डोज खोप अझै पठाएको छैन । सेरमले पछिल्लो पटक २० चैतसम्म १० लाख डोज खोप दिने प्रतिबद्धता जनाएको थियो । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार कम्पनीले शुक्रबार साँझसम्म पनि खोप पठाउने सम्बन्धमा केही खबर गरेको छैन । ‘कुनै खबर आएको छैन, यदि पठाउन चाहेको भए त दुई/तीन दिन अगाडि नै पत्राचार हुन्थ्यो’ स्वास्थ्य एक अधिकारीले कान्तिपुरसँग टेलिफोनमा भने ।

नेपाल सरकारले बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रेजेनेकाद्वारा विकसित र सेरमद्वारा उत्पादित २० लाख डोज कोभिशिल्ड खोपका लागि ८० प्रतिशत रकम अग्रिम भुक्तानी गरेको थियो । तर, सेरमले १० लाख डोजमात्र पठायो । बाँकी १० लाख डोज कहिले पठाउने भन्नेमा अन्योल कायमै रहेको छ ।

सेरमले बाँकी १० लाख डोज समयमै नपठाउँदा नेपालको खोप कार्यक्रम नै अवरुद्ध भएको छ ।

प्रकाशित : चैत्र २०, २०७७ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?