कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

राष्ट्रसंघीय कार्यालय पुगेर मानवअधिकारकर्मीले भने, ‘म्यानमारमा सैन्य दमन बन्द गर’

काठमाडौँ — म्यानमारमा सर्वसाधारणमाथि भइरहेको सैन्य दमनविरुद्ध विभिन्न मानवअधिकार संगठनले शुक्रबार काठमाडौंस्थित संयुक्त राष्ट्रसंघको कार्यालयअगाडि प्रदर्शन गरेका छन् ।

राष्ट्रसंघीय कार्यालय पुगेर मानवअधिकारकर्मीले भने, ‘म्यानमारमा सैन्य दमन बन्द गर’

प्रजातान्त्रिक विचार समाज नेपाल, मानवअधिकार संगठन, न्यायका लागि मानवअधिकार सञ्जालको ब्यानरमा मानवअधिकारवादीहरूले विरोध जनाएका हुन् ।

उनीहरूले म्यानमारको सैन्य शासकले नरसंहार गरेको भन्दै त्यहाँ प्रजातन्त्र र नागरिक शासन पुनर्बहाली गर्नुपर्ने माग गरेका छन् । प्रदर्शनका सहभागीले म्यानमारका सैन्य शासकलाई अन्तर्राष्ट्रिय अदालतमा हाजिर गर्नुपर्ने बताएका छन् ।

म्यानमारमा गत माघ १९ गते त्यहाँको सेनाले जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता हातमा लिएपछि दिनहुँजसो विरोध प्रदर्शन भइरहेको छ ।

प्रदर्शन नियन्त्रण गर्न सेनाले स्थानीयमाथि बर्बर दमन गरेको भन्दै तीव्र आलोचना भइरहेको छ । अहिलेसम्म सेनाको गोली लागेर ५ सयभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ ।

प्रकाशित : चैत्र २०, २०७७ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?