कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नेपालमा आजकल विद्वान र नैतिकवानमाथि कारबाही हुन्छ : भट्टराई

काठमाडौँ — नेकपा (एमाले) सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय धनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरेको कारबाहीलाई भद्दा मजाकको संज्ञा दिएका छन् । अध्यक्ष ओलीले भुसाल र पाण्डेलाई कारबाही गरेपछि असन्तुष्टि जनाउँदै भट्टराईले नेपालमा विद्वान, इमान्दार र नैतिकवानहरुमाथि कारबाही हुने गरेको टिप्पणी गरेका छन् ।

नेपालमा आजकल विद्वान र नैतिकवानमाथि कारबाही हुन्छ : भट्टराई

भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘ॠषिमुनि र बुद्धको ज्ञान भूमि अनि मार्क्सवादको उर्वर भूमि नेपालमा आजकाल : विद्वान, इमान्दार र नैतिकवानहरुमाथि कारबाही हुन्छ । मुर्ख, भ्रष्ट र अनैतिकहरु पुरस्कृत हुन्छन् । कमरेड धनश्याम र सुरेन्द्रजीमाथि त्यस्तै भद्दा मजाक गरिएको छ ।’

पार्टीले सोधेको स्पष्टिकरण चित्तबुझ्दो नआएको भन्दै ओलीले बिहीबार नेताद्वय भुसाल र पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बित गरेका छन् ।

ओलीले यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बित गरेका थिए । नेता नेपालसहित चारजनालाई कारबाही गरेपछि एमाले विभाजनको तहमा पुगेको छ ।

प्रकाशित : चैत्र १९, २०७७ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?