१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कांग्रेस सांसद बडूको प्रश्‍न : प्रधानमन्त्री संसद्‍मा नदेखिनु सुरक्षा खतरा हो वा नैतिक ?

काठमाडौँ — आफैले असंवैधानिक रूपमा विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको फागुन ११ को फैसलाबाट पुनःस्थापित भई ६ बैठक बसिसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओली एकदिन पनि उपस्थित भएका छैनन् ।

कांग्रेस सांसद बडूको प्रश्‍न : प्रधानमन्त्री संसद्‍मा नदेखिनु सुरक्षा खतरा हो वा नैतिक ?

सुरुका केही बैठकमा कहिले छिटो गएर बैठक सुरु नहुँदै बाहिरिने त कहिले बैठक सकिएपछि संसद् भवन पुग्ने गरेका उनी पछिल्लो समय भने बानेश्वरमा रहेको संसद् भवन टेकेका छैनन् ।

प्रधानमन्त्री संसद्‍मा किन उपस्थित नभएका हुन् भनेर सांसदहरूले सोध्न थालेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री ओली संसद्‍मा उपस्थित नहुनुको कारणबारे प्रश्न गरेका छन् ।

केही पहिले प्रधानमन्त्री ओलीले आफूमाथि सुरक्षा खतरा रहेको दाबी कोट्याउँदै बडूले सोधेका छन्, 'हाम्रो देशका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडि आफूमाथि गम्भीर सुक्षा खतरा रहेको र कुनै पनि बखत भौतिक आक्रमण हुनसक्ने अभिव्यक्ति दिनुभएको थियो । यसमा सत्यता के छ ? यथार्थ के हो ? यसमा गृह मन्त्रालयले के व्यवस्था गरिरहेको छ ? संसद चलिरहँदा पनि प्रधानमन्त्री संसद्भित्र नदेखिनु सुरक्षा खतरा नै हो अथवा नैतिक खतरा पनि उहाँ महसुस गरिरहनुभएको छ ?'

प्रतिनिधिसभाको बुधबारको बैठकमा बडूले प्रधानमन्त्रीले दाबी गरेको आफूमाथिको सुरक्षा खतराबारे प्रधानमन्त्री वा गृहमन्त्री वा सरकारका प्रवक्ताले संसद्लाई जानकारी दिनुपर्ने माग पनि गरेका छन् ।

प्रधानमन्त्रीको तहबाट यसरी सुरक्षा खतराको कुरा सार्वजनिक हुनुले मुलुकको सुरक्षा व्यवस्था र क्षमतामाथि प्रश्न उठेको बडूको भनाइ थियो । उनले प्रधानमन्त्री त्यसरी सुरक्षा क्षमताको प्रश्न उठ्ने गरी गैरजिम्मेवार, असत्य र बनावटी अभिव्यक्ति दिएको बताए ।

प्रकाशित : चैत्र १८, २०७७ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?