यस्तो छ एमाले अध्यक्ष ओलीको २० पृष्ठ लामो अन्तरपार्टी निर्देशन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो छ एमाले अध्यक्ष ओलीको २० पृष्ठ लामो अन्तरपार्टी निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गरेका छन् ।

पार्टीमा गुटगत मान्यता नदिने र पार्टीका नाममा कसैले मनपरी गर्न नमिल्ने भन्दै ओलीले पार्टीलाई शुद्धीकरण गर्ने अवसर प्राप्त भएको बताएका छन् । उनले नेता, कार्यकर्तालाई संगठन विस्तारमा केन्द्रित हुन आग्रह गर्दै संघीय संसद् लगायत प्रदेशसभासहित सबै जनप्रतिनिधि निकायमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिएका छन् ।

पार्टी निर्माण, विस्तार र सुदृ९ढीकरणका सम्बन्धमा बैठकले गरेका निर्णय हरुलाई एक रुपताका साथ आत्मसात गर्न र तत्परताका साथ कार्यान्वयन गर्न सम्पूर्ण पार्टी पंक्तिमा निर्देशन जारी गरिएको अध्यक्ष ओलीले प्रस्ट्याएका छन् । उनले निर्देशनमा पछिल्ला राजनीतिक घटनाक्रम, अदालतका फैसलाहरु, बाधा-अड्काउ फुकाउ, पार्टी महाधिवेशन, पार्टी संगठनहरुमा जिम्मेवारी हेरफेर, मनोनयन, संसदीय दलको विधान अनुमोदनलगायत विषय समेटिएका छन् ।

प्रकाशित : चैत्र १७, २०७७ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्

२४ घण्टामा नेपालमा थपिए १६७ कोरोना संक्रमित, ३ को मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मंगलबार थपिएका १६७ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको हो । पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४० पीसीआर परीक्षण भएका छन् ।

यस्तै, २४ घण्टामा ११५ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ७ सय २७ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ । त्यस्तै १ हजार ३ सय ९० जना आइसोलेसनमा र ५३ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २२ लाख ६७ हजार ४०८ पीसीआर परीक्षण भएका छन् ।

प्रकाशित : चैत्र १७, २०७७ १६:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×