कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

म्यान्मारको दमनविरुद्ध प्रभावकारी कदम चाल्न आग्रह गर्दै प्रदर्शन

म्यान्मारको सैन्य दमनविरुद्ध काठमाडौंमा प्रदर्शन
तस्बिर : केशव थापा

काठमाडौँ — म्यान्मारमा भइरहेको सैन्य दमनको निन्दा स्वरुप काठमाडौंमा प्रदर्शन गरिएको छ । मानव अधिकार तथा शान्ती समाजले संयुक्त राष्टसंघको नेपालस्थित कार्यालय युएन हाउस पुल्चोक अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

म्यान्मारको दमनविरुद्ध प्रभावकारी कदम चाल्न आग्रह गर्दै प्रदर्शन

उनीहरुले म्यान्मारमा भइरहको सैन्य दमन अन्त्य गर्नका लागि राष्ट्रसंघलाई प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।

प्रदर्शकारीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित म्यान्मारमा लोकतन्त्रको बहाली र राजनीतिक बन्दीहरुको बिनासर्त रिहाइका लागि सबै एक हुनुपर्ने र अन्तर्राष्ट्रिय समुदायले सामूहिक कदम चाल्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित : चैत्र १७, २०७७ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?