१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

भाषाशास्त्री राईलाई ५५ हजार रुपैयाँको पुरस्कार

काठमाडौँ — भाषाशास्त्री ईश्वरकुमार राईलाई यो वर्षको ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ । पुरस्कारको राशि ५५ हजार २ सय ९२ रुपैयाँ छ । 

भाषाशास्त्री राईलाई ५५ हजार रुपैयाँको पुरस्कार

बान्तावा राई भाषाको पत्रिका बुङ्वाखा (फूलबारी) मासिकले उक्त पुरस्कारको घोषणा गरेको हो । भोजपुरको टेम्के–मैयुङ गाउापालिका–८ गोगनेका राईले ‘बान्तावा भाषाको समाजभाषावैज्ञानिक अध्ययन’ शीर्षकमा विद्यावारिधि गरेका छन् ।

त्यसै गरी इटहरीमा बसोबास गर्दै आएका मित्रप्रसाद राईलाई ५० हजार रुपैयाा राशिको ‘बुङ्वाखा–युके सायाचोङमा पुरस्कार’, गायक विशाल राईलाई ४० हजार रुपैयाँ राशिको ‘बुङ्वाखा–पञ्चकुमारी संगीत पुरस्कार’ दिइने भएको छ । यस्तै सुनसरीकी माया राईलाई १० हजार रुपैयाँ राशिको ‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार’ र बान्तावा भाषाका कवि दधिराम राईलाई १० हजार रुपैयाँको ‘बुङ्वाखा–धनेन्द्र बादिहाङ स्मृति पुरस्कार’ दिइने बुङ्वाखाका सम्पादक पदम राईले विज्ञप्तिमा जनाएका छन् । उक्त पुरस्कार बुङ्वाखाको १६औं वार्षिकोत्सवका अवसरमा इटहरीमा प्रदान गरिने जनाइएको छ ।

प्रकाशित : चैत्र १७, २०७७ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?