कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नेपालको प्रतिक्रिया : त्यस्तो कारबाहीको कुनै अर्थ छैन

बबिता शर्मा

काठमाडौँ — नेकपा एमालेबाट निलम्बित माधवकुमार नेपालले आफूमाथि गरिएको कारबाहीको औचित्य नभएको बताएका छन् ।

नेपालको प्रतिक्रिया : त्यस्तो कारबाहीको कुनै अर्थ छैन

सोमबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई पार्टी सदस्यबाट ६ महिनाको लागि निलम्बित गरेका छन् ।

त्यसबारे कान्तिपुरसँगको छोटो कुराकानीमा नेपालले भने, 'त्यसको केही अर्थ छैन । केपी ओली नेकपा एमालेको केन्द्रीय कमिटी अध्यक्ष नै हैन । उनले केन्द्रीय कमिटी पनि भंग गरिसके । त्यहिभएर उनले कारबाही गर्न मिल्दैन । उहाँले विधान विपरितको कदम चालेको हुँदा अवैधानिक अध्यक्ष हो ।'

नेपालले अझै पत्र नबुझेको बताए ।

'पत्र अझै आएको त छैन,' नेपालले भने, ‘कसलाई कसलाई थप्ने हो, को–कसलाई निकाल्ने हो उनको देब्रे हातको कुरा हो । उनलाई पार्टी चाहिए पो, कम्युनिष्ट पार्टी उनलाई चाहिए पो । उनी त अराजक भएका छन् । त्यहि भएर के के गर्छन्, उनको कुरा भो ।’

प्रकाशित : चैत्र १६, २०७७ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?