ललिता निवास प्रकरण : भट्टराई र नेपाल सरकारले गरेका निर्णय झिकाउन आदेश

काठमाडौँ — ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपालको पालामा मन्त्रिपरिषद्‌बाट भएका निर्णय मगाउन सर्वोच्चले आदेश दिएको छ ।

ललिता निवास प्रकरण : भट्टराई र नेपाल सरकारले गरेका निर्णय झिकाउन आदेश

न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको सोमबार बसेको इजलासले त्यस बेला मन्त्रिपरिषदबाट भएका निर्णय तथा तीसम्बन्धी प्रस्ताव समेतको प्रतिलिपि झिकाउन आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो । महान्यायाधीवक्ताको कार्यालय मार्फत ती कागजात झिकाउन सर्वोच्चले आदेश दिएको हो । रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेतलाई विपक्षी बनाइएको छ ।


प्रकाशित : चैत्र १६, २०७७ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?