रेशम चौधरीको रिहाइलगायतका माग सम्बोधन गर्न गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता टोली गठन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेशम चौधरीको रिहाइलगायतका माग सम्बोधन गर्न गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता टोली गठन

कान्तिपुर संवाददाता

काठमाडौँ — थरुहट आन्दोलनको माग सम्बोधन गर्नका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

थारु कल्याणकारी सभा, थरुहट–थारुवान संयुक्त आन्दोलन र केन्द्रीय आन्दोलन परिचालन समितिको विभिन्न १९ बुँदे माग सम्बोधन गर्न गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

सोमबार मन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा मन्त्री गुरुङले उक्त वार्ता टोलीले आजैदेखि काम सुरु गर्ने पनि बताए ।

उक्त वार्ता टोलीको सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी रहेका छन् ।

थरुहट आन्दोलनले रेशम चौधरीको रिहाइलगायतका विभिन्न १९ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको छ । केही दिनअघि गृहमन्त्री थापा माइतीघर मण्डल पुगेर सरकारले वार्तामार्फत नै थरुहट आन्दोलनकारीको माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । यसअघि थारुवान/थारुहट मोर्चाले टीकापुरको थारु आन्दोलनबाट उत्पन्न घटनाका सन्दर्भमा सरकारसँग समाधान खोज्न वार्ता टोली गठन गरेको थियो ।

सम्बन्धित समाचार

गृहमन्त्री सडकमा : अदालतलाई चुनौती

प्रकाशित : चैत्र १६, २०७७ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्

बर्दियामा बाघको आक्रमणबाट एक घाइते

कमल पन्थी

बर्दिया — पाटे बाघले खेतमा काम गरिरहेका एक किसानमाथि आक्रमण गर्दा गम्भीर घाइते भएका छन् ।

गेरुवा गाउँपालिका—१ जनकनगरस्थित ३५ वर्षीय चुलाराम थारु खेतमा पानी सिचाइँ गर्न जाँदा सोमबार बाघले आक्रमण गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतका अनुसार थारुको घरदेखि करिब ४ सय मिटर दूरीमा उक्त घटना भएको हो । थारुको ढाड र टाउकोमा गम्भीर चोट लागेको छ । उनको उपचारका लागि नेपालगन्जस्थित शिक्षण असपताल लगिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै जनकनगरस्थित सामुदायिक वनबाट आएको बाघले आक्रमण गरेको उपरीक्षक रावतले बताए । घटनास्थलमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली पुगेको थियो ।

प्रकाशित : चैत्र १६, २०७७ १५:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×