१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधन

काठमाडौँ — संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधन भएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार भण्डारीको सोमबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७१ वर्षको उमेरमा निधन भएको हो ।

संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधन

धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका निवासी स्वर्गीय भण्डारी २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

भण्डारीको निधनबाट एक अग्रज व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ । भण्डारीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै सभापति देउवाले उनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रकाशित : चैत्र १६, २०७७ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?