१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख कोभिड १९ भ्याक्सिन सहयोग 

जगदीश्वर पाण्डे

काठमाडौँ — भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोभिड–१९ भ्याक्सिन सहयोग दिएको छ । भारतीय राजदूतावासका सैनिक सहचारीले नेपाली सेनाका पदाधिकारीलाई आइतबार त्रिभुवन विमानस्थलमा भ्याक्सिन हस्तान्तरण गरेका हुन् । 

भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख कोभिड १९ भ्याक्सिन सहयोग 

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार कोभिड–१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ भारतीय सेनाद्वारा नेपाली सेनालाई उपलब्ध हुने एक लाख डोज भ्याक्सिन काठमाडौं आइपुगिसकेको बताए । यसको औपचारिक हस्तान्तरण केही दिनमा हुने कार्यक्रम रहेको पौडेलले बताए ।

नेपाली सेनाले प्राप्त गरेको कोभिसिल्ड भ्याक्सिन संगठनभित्रका सैनिक र उनीहरुको आश्रित परिवारहरुलाई हस्तान्तरण गरिने प्रवक्ता पौडेलले जानकारी दिए । यसअघि भारत सरकारले भने नेपाल सरकारलाई नेपाल सरकारलाई १० लाख डोज कोभिसिल्ड भ्याक्सिन सहयोग गरेको थियो ।

माघ ८ गते भारत सरकारले छिमेक नीतिअन्तर्गत नेपाललाई पहिलो चरणमा उपहारस्वरुप १० लाख डोज भ्याक्सिन सहयोग गरेको थियो । भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर कोभिसिल्ड भ्याक्सिन विकास गरेको भ्याक्सिन नेपालमा ल्याइएको हो । नरेन्द्र मोदीको ‘छिमेक नीति पहिलो’ अनुसार भारतका अन्य छिमेकसहित नेपालले पनि कोरोना भाइरसको भ्याक्सिन पाएको हो ।


प्रकाशित : चैत्र १५, २०७७ २२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?