कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माइती नेपालका १५ विद्यार्थीलाई भारत सरकारद्वारा छात्रवृत्ति

काठमाडौँ — भारत सरकारले माइती नेपालमा आश्रय लिएका १५ विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । विश्वविद्यालय तहमा अध्ययनरत ५ र विद्यालय तहमा अध्ययनरत १० विद्यार्थी वा उनीहरूका आफन्तजनका लागि भारत सरकारले प्रायोजन गरेका १५ वटा छात्रवृत्ति प्रदान गरिने काठमाडौंस्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

माइती नेपालका १५ विद्यार्थीलाई भारत सरकारद्वारा छात्रवृत्ति

भारतीय दूतावासले शनिबार शिवपुरी राष्ट्रिय निकुञ्जमा ‘अल वुमेन हाइक’ को आयोजना गरेको थियो । ‘महिला तथा बालबालिका बेचबिखन, ओसारपसार तथा सबै किसिमका हिंसामुक्त समाज’ भन्ने नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

भारतको ७५औं स्वतन्त्रता दिवसका अवसरमा चलिरहेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत उक्त पैदल यात्राको आयोजना गरिएको दूतावासले जनाएको छ ।

पैदल यात्रामा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राकी श्रीमती पूजा क्वात्रासहित अन्य विभिन्न क्षेत्रमा संलग्न नेपाली महिलाहरूको उपस्थिति थियो । त्यस अवसरमा क्वात्राले माइती नेपालमा आश्रय लिइरहेका विद्यार्थीलाई भारत सरकारले दिने गरेको छात्रवृत्ति उपलब्ध गराउने बताएकी हुन् ।

प्रकाशित : चैत्र १५, २०७७ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?