वायु प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयको अपील- खुला स्थानमा नबसौं, धूलोधुँवा उड्ने व्यवसाय स्थगन गरौं

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको भन्दै सावधानी अपनाउन अपील जारी गरेको छ । 

वायु प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयको अपील- खुला स्थानमा नबसौं, धूलोधुँवा उड्ने व्यवसाय स्थगन गरौं

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले शुक्रबार साँझ अपील जारी गर्दै घर बाहिर खुला स्थानमा नबस्न, मर्निङवाक नगर्न, फोहोर नजलाउन, कोभिड १९ का लागि तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न आग्रह गरेका हुन् ।

पाँच बुँदे पत्रअनुसार बालबालिका, दीर्घरोगी, ज्येष्ठ नागरिकहरुको विशेष ख्याल गर्न, धूलोधुँवा उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्यहरु केही दिनलाई स्थगन गर्न र सवारी साधन वा पेसा व्यवसायका कारण हुनसक्ने वायु प्रदूषण कम गर्न अत्यावश्यक नभई सवारी साधनहरु नचाउन आग्रह गरिएको छ ।

प्रकाशित : चैत्र १३, २०७७ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?