खनाल–नेपाल समूहले एमालेमै रहेर संघर्ष गर्ने

काठमाडौँ — नेकपा (एमाले) को खनाल–नेपाल समूह पार्टीभित्रै संघर्ष गर्ने निष्कर्षमा पुगेको छ । शुक्रबार कलंकीस्थित एक पार्टी प्यालेसमा भएको केन्द्रीय कमिटी बैठकले पार्टीभित्रै रहेर संघर्ष गर्ने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ।

खनाल–नेपाल समूहले एमालेमै रहेर संघर्ष गर्ने

‘पार्टीलाई बलियो बनाउन, विधि पद्धतिअनुसार चलाउन र पार्टीलाई गतिशील बनाउन पार्टीभित्रै रहेर संघर्ष गर्ने नीतिअनुसार संसदीय दलको बैठकमा भाग लिएर आफ्ना कुरा राख्ने भन्नु भयो,’ पन्तले भने ।

केन्द्रीय कमिटी बैठकपछि नै प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको दलको बैठकमा सहभागी हुने निर्णय गरेको हो । बालुवाटारमा जारी दलको बैठकमा यो समूहबाट नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलबाहेक सबै सांसद सहभागी छन् ।

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतले ०७५ जेठ २ मा फर्काएको हुँदा पार्टी त्यहीबाट सुरु हुनुपर्छ भनेर केन्द्रीय कमिटीका सदस्यहरुले बैठकको माग गर्ने निर्णय गरेको बताए ।

प्रकाशित : चैत्र १३, २०७७ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?