राजनीतिक गतिरोधबारे दलहरूसँग बृहत् नागरिक आन्दोलनले अन्तरक्रिया गर्ने

‘प्रतिनिधिसभा पुनःस्थापना भएको एक महिना भइसक्यो, तर राजनीति हलो अड्किएझैं अवरुद्ध छ ।’

काठमाडौँ — बृहत् नागरिक आन्दोलन समूहले पछिल्लो समय मुलुकमा देखिएको राजनीतिक गतिरोधका बारेमा विभिन्न दलसँग अन्तरक्रिया गर्ने भएको छ ।

राजनीतिक गतिरोधबारे दलहरूसँग बृहत् नागरिक आन्दोलनले अन्तरक्रिया गर्ने

प्रतिनिधिसभा पुनःस्थापना भएको एक महिना भइसके पनि राजनीतिक गतिरोध अन्त्य नभएको भन्दै नागरिक समाजले दलहरुसँग शनिबार दिउँसो अन्तरक्रिया गर्न थालेको हो ।

प्रतिनिधिसभा विघटन गर्ने कदम प्रतिगामी भएको उल्लेख गर्दै नागरिक समाजले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्तान नलैजाने र सरकारलाई दिएको समर्थन फिर्ता नलिनु बुझिनसक्नु भएको बताएको छ ।

बृहत् नागरिक आन्दोलनले विज्ञप्तिमा भनेको छ, ‘प्रतिनिधिसभा पुनःस्थापना भएको एक महिना भइसक्यो, तर राजनीति हलो अड्किएझैं अवरुद्ध छ । संसद्ले बिजनेस पाएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले ६४ प्रतिशत बहुमतको दाबी गर्ने नेकपा पनि खारेज भैसक्यो। तर, उनी न राजीनामा गर्छन्, न विश्वासको मत नै लिन्छन् । ओलीको प्रतिगामी राजनीतिविरुद्ध आन्दोलनमा एक भएका राजनीतिक दलहरु न अविश्वासको प्रस्ताव लैजान्छन्, न त सरकारलाई दिएको समर्थन नै फिर्ता लिन्छन् । बुझिनसक्नु भयो राजनीति, नागरिक विस्मयमा छन् ।’

पछिल्लो राजनीतिक घटनाक्रमबारे जान्नका लागि बृहत् नागरिक आन्दोलन समूहले नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेको खनाल–नेपाल समूहसँगका शीर्ष नेतासँग अन्तरक्रिया गर्ने बताएको छ ।

प्रकाशित : चैत्र १३, २०७७ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?